Latest Updates :

गगनले फेरी गरे बिदेशियका लाखै युवा युवती लाई खुशी पार्ने काम

SHARE THIS POST :
काठमाडौं– स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नेपालीको अकाल मृत्यु र कामदारलाई लागेका रोगको कारण खोजी गर्ने भएको छ। मलेसिया, कतार, साउदी अरेबिया, युएई जस्ता खाडी मुलुक तथा दक्षिण कोरिया लगायत देशमा कार्यरत नेपाली कामदार बिहान मृत अवस्थामा भेटिने क्रम बढेपछि मन्त्रालयले त्यसको कारण खोज्ने भएको हो।

स्वास्थ्य मन्त्री गगन थापाले रोजगारीका लागि विदेशी भूमिमा रहेका नेपालीको मृत्यु हुनुको कारण र काम गरिरहेकाहरुलाई लाग्ने रोगको कारण पत्ता लगाएर सामाधान गर्न आवश्यक काम अगाडि बढाइसकेको जानकारी दिए।

‘कमाउन गएका नेपालीको अकालमा मृत्यु भइरहेको छ,’ मन्त्री थापाले भने, ‘मृत्यु किन भइरहेको छ भन्ने पत्ता लगाउनुपर्ने भएको छ। यस्तै, नेपालीहरुलाई के–के स्वास्थ्य समस्या छन् भन्ने कारण खोजेर हाम्रा नागरिकलाई स्वस्थ राख्ने र बचाउने गरी काम अगाडि बढाएका हौँ।’

मन्त्री थापाका अनुसार विदेशमा रहेका नेपाली कामदारको अकाल मृत्यु र स्वास्थ्य समस्याबारे दीर्घकालीन समाधान खोज्न मन्त्रालयले अनुसन्धानका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मेवारी दिएको छ। प्रतिष्ठानको टोलीले ती देशहरुमा गएर मृत्युको कारण, उनीहरुलाई लागेका रोग र रोगको कारण खोजी गर्नेछ।

‘नेपालमा हरेक दिन ६–७ जना नेपाली कामदारको शव आइरहेको छ,’ मन्त्री थापाले भने, ‘त्यसको कारण पत्ता लगाउँदै अकाल मृत्यु रोक्न र उनीहरुलाई स्वस्थ राख्न विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।’ मन्त्री थापाका अनुसार विदेशका अस्पतालमा कोमामा रहेका बिरामी, दुर्घटनाका घाइते र दीर्घ रोगीहरुलाई स्वदेश ल्याएर उपचार तथा पुनःस्थापनाको व्यवस्था मिलाइनेछ। ‘हामीले कुनै एउटा सरकारी अस्पतालमा वैदेशिक रोजगारीमा गएका कामदारका लागि विशेष व्यवस्था गर्नेछौं,’ उनले भने, ‘देशलाई रेमिटेन्स दिने कामदारको स्वास्थ्यको जिम्मेवारी सरकारले लिनेछ।’

स्वास्थ्य सहचारी राखिने

स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारमा रहेका नेपालीको स्वास्थ्य उपचारमा सहयोग गर्न, कोमामा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा उनीहरुको स्वास्थ्यको सम्पूर्ण समस्या समाधान गर्न हरेक देशमा स्वास्थ्य सहचारी राख्ने योजना अघि ल्याएको छ।

‘हाम्रा लागि नेपालमा रहेका र वैदेशिक रोजगारीमा गएका सबै नागरिक समान हुन्,’ मन्त्री थापाले भने, ‘देशको दूरदराजमा ८–१० जना नागरिक रहेका गाउँमा समेत हामीले लाखौँ खर्चेर उपचार सेवा पुर्‍याइरहेका छौँ भने नेपालमा रेमिट्यान्स पठाउने लाखौं नागरिकको स्वास्थ्यबारे हामीले किन काम अगाडि नबढाउने? यही कुरालाई मनन गर्दै हरेक देशमा उनीहरुको स्वास्थ्यको ख्याल गर्ने स्वास्थ्य सहचारी राख्ने तयारी अगाडि बढाएका छौँ।’

मन्त्री थापाले श्रम सहचारीले नेपाली कामदारको कामको विषयमा चिन्ता व्यक्त गरेझैँ स्वास्थ्य सहचारीले नेपाली नागरिकको स्वास्थ्यको ख्याल गर्ने बताए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger