Latest Updates :

चार दिनपछि सकेटबम निष्क्रीय पारियो

SHARE THIS POST :
रुकुम, १७ फागुन । रुकुमको चौरजहारी नगरपालिका–८ घर्तीकाँडामा फेला परेको सकेट बमलाई चार दिनपछि सोमबार निष्क्रीय पारिएको छ ।

गत फागुन १३ गते स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा सकेट बम फेला पार्नुभएको थियो । प्रहरी चौकी खोलागाउँ सर्केनाका अनुसार प्लास्टिकमा बेरिएको अवस्थामा दुई वटा सकेट बम फेला परेको थियो ।

बम निष्क्रीय गर्नका लागि सुर्खेतको ज्वालादल गणबाट क्याप्टेनको नेतृत्वमा चारजनाको बम डिस्पोजल टोली सोमबार घटनास्थलमा पुगेको थियो । टोलीले शुक्रबार फेला परेका दुईवटा सकेट बम जमिनबाट निकालेर उक्त ठाउँभन्दा केही पर लगेर पड्काएर डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।

उक्त बम माओवादी युद्धको समयमा गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । द्वन्द्वको क्रममा गाडिएका बम तथा अन्य हातहतियार रुकुममा बेलाबेलामा फेला पर्दै आएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger