मृत महिला भेरीमालिका नगरपालिका–४ बोहराकी २८ वर्षे राधिका सुनार भएको प्रहरी नायव उपरीक्षक भाबेष रिमालले जानकारी दिनुभयो । आइतबार बिहान भेटिएको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
घटना कसरी भयो भन्ने कुरा अहिलेसम्म केही नखुलेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।
मृतक राधिका सुनार दलबहादुर सुनारकी श्रीमती हुन् । दलबहादुर सुनार नेपाली सेनामा कार्यरत छन् । सुनारका दुई नाबालक छोरा छन् ।
Post a Comment