Latest Updates :

ससुराले बलात्कार गर्न खोजे, जेठाजुले भारत लएर बेच्न आँटे

SHARE THIS POST :

बैतडीको सिगास गाउँपालिका गाजरीकी राजु धामी तीन वर्षकी छोरी काखमा बोकेर न्यायको खोजीमा सदरमुकाम पुग्नुभएको छ । उहाँ परिवारले घरमा बस्न खान नदिएको भन्दै महिला तथा बालबालिका कार्यालय पाटनमा आउनुभएको हो ।पोइलीघरमा सासु, ससुरासहित सबै घर परिवाले खान बस्न नदिएपछि आफूलाई समस्या भएको उहाँले दुःखेसो गर्नु भयो । उहाँ अहिले बैतडीको पाटनमा रहेको सेफहाउसमा बसिरहनुभएको छ । २०६९ सालमा मागी बिहे गरेर लगेका श्रीमानले बिहे गरेको एक वर्ष पछि साथमा छोरी हुँदा छोडेर कामका लागि भारत पसेका हुन् । श्रीमान् नहुँदा ससुराले आफूमाथी बलात्कारको प्रयास गरेको उहाँले दुःखेसो पोख्नुभयो । श्रीमान् घरमा नहुँदा राती पनि आफू कहिल्यै आनन्दले बस्न नपाएको उहाँले बताउनु भयो । ‘ससुरा भनेको त बुवा सरह हुन्छन् भन्ने सुनेको थिएँ तर मलाई भने ससुराले नराम्रो व्यबहार गर्दा पोइली घर छोडेर माइती घरमा बसेको छु’ उहाँले भन्नुभयो ।
पोइलीघर छोडेर माइतीमा बस्दा समाजका मान्छेले समेत नानाथरीका कुरा काट्ने गर्दा मर्नु न बाँच्नु जस्तो भएको उहाँले बताउनु भयो । ‘मरम भनेपनि कसरी मर्नु तीन वर्षकी छोरी छ, बाँचम भने पनि कुनै आधार छैन । एकातिर घरपरिवारको पीडा अर्कोतिर समाजले मलाइ हेर्ने दृष्टीकोण’ धामीले गहभरि आँसु पार्दे भन्नुभयो ।
आफू माइती बसेको केही समयपछि कान्छो ससुराको छोराले माइती बस्न हुँदैन श्रीमान् कहाँ पुर्‍याइदिन्छु भन्दै आफूलाई भारतमा लगेर बेच्ने प्रयास गरेको उहाँले बताउनु भयो । श्रीमान् खोज्न सहयोग गर्छु भन्दै भारत लगेको जेठाजुले दार्चुलाको सिमानाका धार्चुलाको तवाघाटमा आफैसँग ६ महिना राखेर उल्टै आफूलाई लुटेको उहाँले बताउनु भयो ।
घरभन्दा बाहिरको संसार थाह नपाएकी धामीले आफूलाई यो दिल्ली हो तिम्रो श्रीमानलाई खोज्दैछु भनेर ५ पाँच महिनासम्म आफैसँग राखेर बलात्कार गरेको उहाँले बताउनुभयो । आफूसँग जबरजस्ती गरीसकेपछी आफ्नो शरीरमा मट्टीतेल छर्केर आगो लगाउन खोज्दा आफूले कोलाहल गरेपछि बजारका बासिन्दाले थाह पाएपछि आफू बाँच्न सफल भएको उहाँले बताउनु भयो । अन्य बजारका मान्छेले आफूलाई बचाएपछि आफू नेपाल पर्कन सफल भएको उहाँले सुनाउनुभयो ।
आफूलाई घरपरिवारले दिएको पीडा र जेठाजुले गरेको नराम्रो व्यबहारविरुद्ध प्रहरी चौकी गाजरी र खोड्पेमा दुई पटक उजुरी दिएको बताउँदै उहाँले प्रहरीचौकीमा गएर घरपरिवार सासुरा, जेठाजुले अबदेखि यस्तो व्यबहार गर्दैनौँ भनेर माफी मागेको भए पनि घरपरिवारले त्यस्तै व्यबहार गर्न नछाडेको उहाँले बताउनु भयो ।
श्रीमानलाई खोजेर जिम्मा लगाइदिन्छु भन्ने जेठाजुले आफैमाथि जबरजस्ती गरेर आफूलाई भारत लगेर बेच्न लागेको भन्दै उहाँले मानब बेचबिखन विरुद्धको मुद्धा हाल्ने बताउनु भयो । ‘आफ्नो घरभन्दा बाहिर पोइली घरमात्रै देखेकी म श्रीमानकँहा पुगाउँछु भनेर जेठाजुले भनेपछि पहिलोपटक शहरबजारमा पाइला टेकेको हुँ, त्यो ठाउँबाट मलाई निस्कन गाह्रो भएको थियो’ उहाँले भन्नुभयो ।
पोइली घरमा ससुराको दुव्र्यबहार खेपेकी आफूलाई जेठाजुले पनि दुव्र्यबहार गर्दा सहन नसक्नुको पीडा भएको उहाँले सुनाउनुभयो । तीन वर्षकी छोरी आफैसँग बोकेकी धामीले श्रीमान अहिलेसम्म कहा छन् भन्ने कुरा थाह नभएको बताउनु भयो ।
बैतडी जिल्लामा महिलामाथि विभिन्न किसिमका हिंसा धेरै हुने गरेको महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता बुढाएरले बताउनु भयो । जिल्लाको च्वागड क्षेत्रका महिलामाथि विभिन्न किसिमका हिंसा हुने गरेको भए पनि उनिहरु सहेर बस्ने गरेको उहाँले बताउनु भयो । आफूमाथि हिंसा हुँदा न्यायको लागि कुन ठाउँ जानुपर्छ भन्ने थाह नपाएर पनि यस्ता घटना कमैमात्र बाहिर आउने गरेको बुढाएरले बताउनु भयो । चालु आर्थिक वर्षमा पनि महिला तथा बालबालिका कार्यालयमा विभिन्न किसिमका महिला हिंसाका १० वटा मुद्दा दर्ता भएका उहाँले बताउनु भयो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger