Latest Updates :

ओ माइ गड यी य युवतीले नडराई यसरि सर्प निकालेर खाए पछी भिडियो सहित

SHARE THIS POST :
ओ माइ गड यी  य युवतीले नडराई यसरि सर्प निकालेर खाए पछी भिडियो सहित
 चितवन प्रहरीले आज ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कविलास गाविस–१ जुगेडीबाट भारतीय गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ९९ किलो चरेस बरामद गरेको जानकारी दिएको छ ।

प्रहरीले चरेससँगै गाडीका चालक भारत कठियामठिया–७ का ३७ वर्षीय सुधन साह र रक्सौल कोइरिया टोल–६ का २५ वर्षीय आदित्य साहलाई नियन्त्रणमा लिएको छ ।

लागु औषध नियन्त्रण विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयको ‘इन्टिलिजेन्स’ टोली, क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय इन्टिलिजेन्स टोली र क्राइम एक्सन प्लान (सिएपी) टोली समेतको संयुक्त प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा जुगेडीस्थित प्रहरी चेकप्वाइन्टबाट उक्त परिमाणको लागुऔषध बरामद गरेको हो ।

जेएच–०४बी ०४४५ भारतीय नं प्लेटको टाटा सुमो गाडीमा लुकाइछिपाइ ल्याएको अवस्थामा सो परिमाणको चरेस बरामद गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

उहाँले गाडीको अगाडिको डिक्कीमा फल्स बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा १०६ पोका, गाडीको पछाडि चक्का माथि फल्स बटम बनाइ राखेको अवस्थामा ९२ पोका गरी पाँच सय ग्रामका १९८ पोका चरेस बरामद गरिएको बताउनुभयो ।

पक्राउ परेका दुवै जना विरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा चलाउनका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger