Latest Updates :

उत्तर काेरियाकाे ३ वटा बमले संसार ध्वस्त पार्न सक्छ

SHARE THIS POST :
एजेन्सी : अमेरिकाले आफ्नो देशमाथि आक्रमण गरे त्यसको कडा जवाफ दिने धम्की उत्तर कोरियाले दिँदै आएको छ । यसै बखत उत्तर कोरियाकासँग निकट मानिएका एक स्पेनिस नागरिक ‘अलेजेण्ड्रो काओ डे बेनोज’ले तीनवटा बमले संसारलाई ध्वस्त बनाउँन सक्ने शक्ति उत्तर कोरियासँग रहेको दाबी गरेका छन्। आइटी क्षेत्रमा काम गर्ने ‘अलेजेण्ड्रो काओ डे बेनोज’ ‘कोरिया फ्रेण्डसिप एसोसिएसन’का संस्थापक अध्यक्षसमेत हुन्। उनलाई उत्तर कोरियाबारे राम्रो जानकार र निकट व्यक्ति मानिन्छ ।

स्पेनिस इन्फोबाइ वेवसाइटलाई अन्तर्वार्ता दिँदै उनले उत्तर कोरियाबारे यस्तो बताइएका हुन्। अन्तर्वार्तामा उनले उत्तर कोरियालाई कसैले छुन नसक्नेसमेत दाबी गरेका छन्। यदि कसैले आक्रमण गरेमा उत्तर कोरिया त्यसको प्रतिरोध गर्दै आफ्ना नागरिकको सुरक्षा गर्न सक्षम रहेको पनि अलेजेण्ड्रोले बताए।

अलेजेण्ड्रोले उत्तर कोरियाका विषयमा बाहिर प्रचार गरेजस्तो अवस्था नभएको पनि खुलासा गरेका छन् । उनले उत्तर कोरिया एक आदर्श राज्य रहेको चर्चा गरे । उनले भने,’उत्तर कोरियाका जनता सम्मानजनक जीवन बाँचिरहेका छन्, उनीहरु सुरक्षित पनि छन् । त्यहाँ कुनै सामाजिक संघर्ष छैन् त्यहाँका जनता अमन-चयनकासाथ बाँचिरहेका छन् ।

उत्तर कोरियामा कोही जनताले सडकमा सुत्नु परेको छैन। यहाँका नागरिकहरु आपसी सहयोग र सद्भावकासाथ बाँचिरहेका छन्। किम जोन उनको शासनमा जनतालाई व्यापक कष्ट रहेको भन्ने हल्ला पश्चिमा देशले चलाएको प्रोपोगाण्डामात्रै भएको दाबी अलेजेण्ड्रोले गरेका छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger