आतंककारीको हमलाको विरोध गर्न प्रदर्शन गरिएको थियो । इंलिस डिफेन्स लिगका करिब एकसय सदस्य प्रदर्शनमा सामेल थिए ।
तस्बिरमा भएकी युवती साफिया खान भएको बीबीसीले जनाएको छ । उनी बेलायतमा जन्मिएकी हुन् र उनको परिवारबाट पाकिस्तानबाट त्यहाँ सरेको थियो ।
बीबीसीले जनाएअनुसार करिब २५ जना युवकले एक मुस्लिम युवतीलाई घेरेर राखेको देखेपछि उनी प्रदर्शनकारीको बीचमा पुगेकी थिइन् । उनी गएलगत्तै प्रदर्शनकारीले ती युवतीलाई छाडिदिए ।
प्रदर्शनकारी युवकमध्ये एक उनीसँग रिसाएर प्रस्तुत भएको देखिन्छ भने उनी भने शान्त मुद्रामा उभिएकी छन् ।
एपीका फोटोग्राफरले तस्बिर कैद गर्दा उनी खल्तिमा हात राखेर मुस्कुराइरहेकी थिइन् । उनको फोटोलाई सोसल मिडियामा पोष्ट गर्दै धेरैले उनको प्रसंसा गरेका छन् ।
Post a Comment