Latest Updates :

यि हुन् दैनिक एउटा अमला खादा हुने १० अपत्यारिला फाइदाहरु

SHARE THIS POST :
अहिले अमलाको सिजन छ। अमला हामीमध्ये धेरैलाई मन पनि पर्छ होला तर कतिलाई यो अमिलो हुने भएकाले मन नपर्न पनि सक्छ। कसैको नजरमा पर्ने र कसैले नजरअन्दाज गर्ने अमलाले हाम्रो शरिरलाई निकै फाइदा पुर्याइरहेको हुन्छ।

एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ। मेडिकल डाइटिसियन डा अमिता सिंहका अनुसार भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ। उनले दैनिक एक अमला खानुको फाइदा बारे बताउँदैछिन्।

मुटुको समस्याः
यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ।

तौल कमः
अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ।

पाचनः
अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ।

कमजोरीः
अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ। यसले कमजोरी पनि टाढा राख्छ।

अनुहारमा चमकः
यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ।

राम्रो कपालः
यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ।

क्यान्सरः
अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ।

जोर्नी दुखाईः
अमलामा एन्टी इन्फ्लामेटरी गुण हुन्छ जसले जोर्नीको दुखाई कम गर्न सहयोग गर्दछ।
मोतीबिन्दुः
यसमा भिटामिन ’ए’ हुन्छ जसले मोतीबिन्दु हुनबाट जोगाउँछ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger