Latest Updates :

महाराजगञ्जमा मेलम्चीको खाल्डोमा ‘बेबारिसे दुर्घटना’

SHARE THIS POST :
काठमाडौं । बाँसबारी स्थित शहिद गंगालाल अस्पताल अगाडि एउटा मोटरसाइकल जुर्घटनाग्रस्त अवस्थामा फेला प¥यो । समय थियो शनिबार राति करिब १० बजे।

मेलम्ची खानेपानी आयोजनाले पानीको पाइप बिच्छ्याउन खनेको सडक बीचको खाल्डोमा मोटरसाइकलको हेलमट थियो। भे २ प ८६०९ नम्बरको मोटरसाइकल क्षतबिक्षत अवस्थामा सडकमा थियो।

बीच सडकमा खनिएको खाल्डो घेरेर बार लगाइएको थियो। घटनाको प्रकृति हेर्दा हुत्तिएर आएको मोटरसाईकल खाल्डोलाई घेर्नका लागि राखिएको बारमा ठोक्किएको थियो। मोटरसाइकलका टुक्राहरु यत्रतत्र छरिएका थिए। तर त्यहाँ दुर्घटनामा परेका कोही थिएनन्। बेबारिसे अवस्थामा दुर्घटनाग्रस्त मोटरसाइकल भेटिएको भन्दै प्रत्यक्षदर्शीले फोन गरेपछि प्रहरी पुगेका थिए।

‘चालकको केही पत्तो छैन, दुर्घटना हेर्दा गम्भीर चोट लागेको हुनुपर्छ,’ घटनास्थलमा खटिएका एक सुरक्षाकर्मीले भने ‘मोटरसाइकल उठाएर प्रहरीमा लान्छौं, कसको हो र घटना कसरी भयो भन्नेबारे अनुसन्धान हुनेछ।’

अर्कोदिन मात्र चालक आएर मोटरसाइकल लगेका र उनी सामान्य घाइते भएका प्रहरी चौकी महाराजगञ्जले जानकारी दिएको छ। मापसे गरेर मोटरसाइकल चलाएको र दुर्घटनामा सामान्य घाइते भएको भन्दै नियम अनुसार कारवाही गरेर छाडिएको प्रहरीले बतायो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger