Latest Updates :

१ गतेबाट हर्न बजाउन नपाइने : तर यी दुई अवस्थामा बजाउनुस् हर्न

SHARE THIS POST :
काठमाडौं – नयाँ वर्षसँगै उपत्यकामा सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागेको हो । महाशाखाका डिएसपी सविन प्रधानले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम लागू गरिने बताए । आजको नयाँ पत्रिकामा खबर छ ।
यसको सबै तयारी पूरा भइसकेको जनाएको छ । यातायात व्यवस्था विभाग, सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधको तयारी भएको हो ।

सामान्य अवस्थामा पनि चालकले हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले निषेधित क्षेत्र बनाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकार हिमनाथ दवाडीले बताए । ‘उच्च सवारी चाप नियन्त्रण भएन भने उपत्यकामा अझै उच्च ध्वनि प्रदूषण हुन्छ,’ उनले भने, ‘ध्वनि प्रदूषण कम गर्न हर्न निषेधको नियम लागू गर्न लागिएको हो ।’ सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै नयाँ नियम लागू गर्न लागिएको उनको भनाइ छ । ध्वनि प्रदूषणले श्रवणशक्ति कमजोर पार्ने भएकाले स्वास्थ्यलाई मध्यनजर गरेर उपत्यकामा हर्न निषेधको नियम लागू गर्न लागिएको ट्राफिक महाशाखाका डिएसपी सविन प्रधानले बताए ।

दुई अवस्थामा मात्र हर्न बजाउन पाइने
पहिलो चरणमा हर्न निषेध नियम कार्यान्वयन खुकुलो बनाइएको छ । नियम लागू भएपछि दुई अवस्थामा मात्र हर्न बजाउन पाइनेछ । घुमाउरो बाटो र दुर्घटना हुने जोखिमको अवस्थामा चालकले हर्न बजाउने पाउने व्यवस्था नियममा छ । यसबाहेकको अवस्थामा हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने व्यवस्था छ । हर्न बजाएमा पहिलोपटकका लागि पाँच सय, त्यसपछि क्रमशः हजार, १५ सय जरिवाना तिर्नुपर्ने हुन्छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger