Latest Updates :

जथाभावी बाटो काटे दुई सय जरिवाना, पैसा नभए रातभरी प्रहरी कठघरामा बास

SHARE THIS POST :
काठमाडौं । काठमाडौंलाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारवाही गर्ने तयारी गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो। नियम उल्लंघन गर्ने पैदल यात्रुलाई पनि कारवाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए।

जथाभावी बाटो प्रयोगले ४० प्रतिशतको मृत्यु
जथाभावी बाटो काट्दा सडक दुर्घटना बढी हुने गरेकोले यो नियम लागू गर्न लागिएको ट्राफिक प्रहरीको भनाइ छ। उपत्यकामा मोटरसाइकल र स्कुटी गरी ६ वर्षको अवधिमा १८ हजार ८ सय ९१ वटा दुर्घटना भएको छ। ती घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत जथाभावी बाटो प्रयोग गर्ने रहेको डिआइजी लामाले बताए।

उल्लंघन गर्नेलाई दुईसय जरिवाना
नियाँ नियम लागू भएपछि अब पैदल यात्रुले निर्धारित ठाउँबाट मात्र हिँड्नु पर्ने हुन्छ। अबदेखि जेब्राको प्रयोग, ओभरहेड तथा तोकिएको बाटोबाट मात्र पैदल यात्रुले हिँड्नु पर्छ। सो नियम उल्लंघन गर्ने पैदल यात्रुलाई पनि कारवाही हुने ट्राफिक प्रहरीले जनाएको छ।

यो नियम उल्लंघन गर्ने पैदल यात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने डिआइजी लामाले बताए। ‘पैसा नभए उल्लंघनकर्ताले छुट भने पाउने छैनन्,’ उनले भने, ‘उनीहरु त्यसको साटो रातभरी प्रहरी कठघरामा बस्नुपर्ने हुन्छ।’ आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger