टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जारी गरेको विज्ञप्तीअनुसार जिएसएम मोबाइलका ग्राहकहरुलाई चैत ३० देखि २८ गतेसम्म अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज अफर ल्याएको छ।
अल टाइम डाटा अफरअन्तर्गत ३० दिनको भ्यालिडिटिसहित चौबीसै घण्टा प्रयोग गर्न मिल्ने गरी रु. १०० मा ४ सय एमबी, २०० सयमा ८५० एमबी र ३०० मा १५०० एमबी डाटा उपलब्ध गराउने जनाएको छ ।
नाइट डाटा प्याकेज अन्तर्गत रु. २००, र ३०० मा ३० दिनको भ्यालिडिटिसहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइने जनाएको छ।
अल टाइम डाटा प्याकेज सेवा लिनका लागि म्ब्त्ब् टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्नेछ । नाइट डाटा लिनका लागि ल्क्ष्न्ज्त् टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्छ ।
त्यसैगरी, नाइट भ्वाइस प्याकअन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० गतेदेखि २०७४ वैशाख २८ गतेसम्म लागू हुने गरी रु.२५ (कर सहित) मा ७ दिनको भ्यालिडिटिसहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराउने जनाइएको छ।
नाइट भ्वाइस प्याक सेवा लिनका लागि ल्क्ष्न्ज्त्ख्इक्ष्ऋभ् टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।

Post a Comment