Latest Updates :

फेसबुक र यूट्युबमा लाइभ गरेर छोरीको हत्या, हत्यापछि आत्महत्या

SHARE THIS POST :
काठमाडौँ । पत्नीसँगको झगडापछि एक थाई मानिसले पहिले छोरीको हत्या गरेर पछि आफ्नै आत्महत्या गरेका छन्। ती व्यक्तिले आफ्नी छोरीको हत्या गरेको भिडियो समेत फेसबुकबाट लाइभ प्रसारण गरेका थिए।

२१ वर्षीय ती युवकले एक होटेलमा पहिले ११ महिने छोरीलाई झुण्ड्याएर पछि आफैँ झुण्डिएर आत्महत्या गरेका थिए।

परिवारलाई समवेदना सन्देश पठाउँदै फेसबुकले उक्त लाइभ भिडियो हटाएको छ।

ती व्यक्तिका आफन्तले उक्त भिडियो फेसबुकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी त्यहाँ पुग्नु भन्दा पहिला नै उनीको ज्यान गइसकेको थियो। यूट्युबमा समेत पोस्ट भएको उक्त भिडियो उक्त कम्पनीले पनि हटाएको छ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger