Latest Updates :

रुपैयाँ बलियो डलर कमजोर

SHARE THIS POST :
काठमाडौं- परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिनायताकै कमजोर बनेको छ। निरन्तर रुपमा कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ। अमेरिकी डलर कमजोर बन्दै जादाँ नेपाली रुपैयाँ बलियो बन्न पुगेको हो।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलर बराबर १०२.४० पैसा खरिद मूल्य र बिक्री मूल्य १०३.०३ तोकेको छ। यो २० महिनायताकै नेपाली रुपैयाँको तुलनामा कमजोर हो।

अमेरिकाले पछिल्लो समय सिरियामा शृंखलाबद्ध आक्रमण बढाउँदै गएपछि विश्व बजारमै अमेरिकी डलर कमजोर बनेको छ। अमेरिकी डलर कमजोर बन्दै जाँदा डलरको तुलनामा नेपाली रुपैयाँ बलियो बनेको हो।

गत वर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च १ सय ९ रुपैयाँ ७७ पैसासम्म पुगेको थियो।

अमेरिकाले सिरियामा मिसाइल आक्रमण गर्दा उसको मु›ा भने कमजोर देखिएको विज्ञको भनाइ छ। वि›ोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिम क्षेत्रमा भएको रसायनिक हमलाको जबाफमा अमेरिकाले सिरियामा आक्रमण गरेको छ।

डलर कमजोर भई भारतीय मुद्रा बलियो बनेपछि नेपाली रुपैयाँको पनि भाउ बढेको हो। सिरियामा आक्रमणको समाचार सार्वजनिक भएपछि विश्वभर नै डलर कमजोर भएको छ।

नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा बलियो बन्दा नेपालमा डलरको भाउ घट्न पुगेको हो। अमेरिकी अर्थतन्त्र कमजोर हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ बलियो बनेको विज्ञको भनाइ छ।

डलरको भाउ घटदा तेस्रो मुलुक (भारतबाहेक) बाट आयात हुने सामानको मूल्य पनि घट्ने नेपाल राष्ट्र बैंकको भनाइ छ।। डरलको भाउ घट्दा नेपाललाई बढी फाइदा हुन्छ।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जितेपछि डलर कमजोर बन्न पुगेको हो।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger