Latest Updates :

यी हुन दुई दिनमै अनुहारलाई चमक र सुन्दर बनाउने घरेलु उपाय

SHARE THIS POST :
महिला होस या पुरुष सबैलाई सुन्दर बन्न मन लाग्छ । तर काम व्यस्तताले गर्दा हामीले चाहेर पनि यसको लागि समय निकाल्न सकिरहेका छैनौ ।  हामीले  खाने खानाले पनि अनुहार राम्रो बनाउन  मद्दत गरेको हुन्छ। अनुहार सफा र चम्कीलो बनाउन हामीले फेसियल नै गर्नुपर्छ भन्ने छैन । यसका लागि हामीले हाम्रै भान्सामा सजिल्यै पाईने सामानको उचित प्रयोग गर्न जान्नु पर्दछ ।  आउनुहोस् अनुहारका लागि केहि टिप्स जान्नुहोस…

बेसन र बेसारको पेष्टः दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार र १० -१० थोपा गुलाबजल र कागती मिसाएर पेष्ट बनाउनुस अनि थोरै काचो दुध मिसाएर लेप बनाएर नुहाउनु भन्दा पहिला अनुहारमा लगाउनुहोस । आधा घण्टा पछि अनुहार धुनुहोस र बिस्तारै नरम रुमालले पुछ्नुहोस अनि तपाई आफै थाहा पाउनु हुन्छ अनुहारको चमक्ता।

आलुको प्रयोगः तपाईको अनुहार अर्थात आँखा मुनि कालो घेरो अर्थात डार्क-सर्कल छ भने सधैभरि आलुको सानो टुक्रा लिएर बिस्तारै मसाज गर्नुस । केहि दिनमै कालो हराउँदै जान्छ।

ओखरको तेलः हाम्रो अनुहार राम्रो हुनुमा खानेकुराको पनि मुख्य भुमिका हुन्छ।  ओखरमा ओमेगा -३ पाईने हुँदा ओखर खानाले अथवा ओखरको तेलले अनुहार मसास गर्दा पनि अनुहारमा कान्ती आउँछ।

गाँजरः गाँजर हाम्रो स्वस्थ्यको लागि निक्कै नै उपयोगी हुन्छ।  यसले हामीले खाएको खाना पचाउने काम गर्दछ।  त्यसैले बिहान सधै खालि पेटमा गाँजरको जुस खाने गर्नाले अनुहारमा निखार आउँछ।

निमः निमले हाम्रो अनुहारको छालामा लाग्ने रोगसंग लड्ने क्षमता बढाउँदछ। निम डण्डिफोरका लागि निकै नै उपयोगी छ। ४-५ वटा निमको पातलाई मुल्तानी मिट्टीमा मिसाएर  पिस्ने अनि थोरै पनि हालेर लेप बनाउने र अनुहारमा लगाउने ।  १०-१५ मिनटमा चिसो पानीले धुने, यसो गर्दा अनुहारमा चमक काउनुको साथै अनुहारमा भएको दाग धब्बा पनि बिस्तारै हट्छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger