Latest Updates :

दुबईमा भएको दुर्घटनामा ज्यान गुमाउने र घाइते नेपालीको पहिचान खुल्यो

SHARE THIS POST :
एई, जेठ ११ – दुवईमा मंगलबार बिहान भएको गाडी दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ । घटनामा ज्यान गुमाउने दुई र घाइते भएका १० जना नेपालीको पहिचान खुलेको नेपाली दूतावास आबुधाबीले जनाएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार ज्यान गुमाउने चितवनका बासुदेव लामिछाने र कृष्ण प्रशाद भुसाल रहेका छन् । दुर्घटनामा नेपालीसहित सात जना प्रवासी कामदारको घटनास्थलमै ज्यान गएको थियो । ज्यान गुमाउनेमा २ जना नेपालीसहित दुई जना भारतीय, २ जना पाकिस्तानी र एक बंगालादेशी नागरिक थिए ।
‘बुधबार उपचारको क्रममा थप एक नेपालीको ज्यान गएको भन्ने जानकारी आएको थियो तर त्यो गलत रहेछ’ श्रम सहचारी हिराकुमारी यादवले भन्नुभयो, ‘हामीले कम्पनीका अधिकारी तथा उपचाररत नेपालीलाई अस्पतालमै पुगेर बुधबार भेट्यौ ।’ घाइते हुनेमा मोरङ पथरीका २४ वर्षका सागर पराजुली, तनहुँका ३० वर्षका धनबहादुर गुरुङ, चितवन जुगेडीका २३ वर्षका टेकप्रसाद गुरुङ,  मोरङ विराटचोकका २२ वर्षका खेमराज कटुवाल, निजगढका २२ वर्षका गुनाबहादुर अधिकारी, झापा चारआलीका २८ वर्षका हरि धिमाल, रहेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै घाइते मध्ये ४ जना उपचार पछि क्याम्पमा फर्किएको कम्पनीले जनाएको छ । अस्पतालका अनुसार उपचार पछि बुधबार नै क्याम्पमा  फर्किनेहरुमा नरेश तरामी मगर, सुन्दर ज्ञवाली, सुरेन्द्र सिहं ठगुन्ना र डेग राज मैनाली हुनुहुन्छ ।
घाइतेहरुको साउदी जर्मन अस्पताल, अल जहरा अस्पताल, र न्यु मेडिकल सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये धेरैजसोको टाउको, अनुहार, हात र खुट्टामा चोट लागेको दूतावासले जनाएको छ । घाइते सबैजना अहिले खतरामुक्त रहेको दूतावासका सूचना अधिकारि अर्यालले बताउनु भयो ।
ट्रान्सगार्ड सेक्युरिटी कम्पनी अन्तर्गत होटल एटलान्टिसमा सेक्युरिटी गार्डको रुपमा कार्यरत उनीहरु सोमबार रातीको ड्युटी सकेर क्याम्पमा फर्कंदा मोहम्मद बिन जायद र शेख जायद सडकको बिचमा पर्ने अल यलायिस स्ट्रिटमा भएको दुर्घटना भएको थियो । घटनामा दुई नेपाली सहित ७ जनाको ज्यान गएको थियो । कम्पनीकै कामदार बोक्ने बसको टायर बिच बाटोमै पड्किएर अनियन्त्रित हुँदा बस डिभाइडर नाघेर विपरित दिशाबाट आएको ट्रकसँग ठोक्किदा दुर्घटना भएको हो ।
आबुधाबीमा रहेको नेपाली दूतावासले द्वितिय सचिव कृष्ण अर्याल र हिरा कुमारी यादवलाई कम्पनी र अस्पतालमा पुगेर घटना र घाइते बारे बुझ्न बुधबार नै पठाएको थियो । कम्पनीले ज्यान गुमाएकाको र घाइते भएकाको परिवारलाई नेपालमा जानकारी गराइ सकेको र सक्दो सहयोग गर्ने बताएको यादवले बताउनु भयो । उपचारका लागि समेत कम्पनीले पूर्ण सहयोग गर्ने जनाएको छ । कम्पनीका मानव संशाधन विभागका प्रमुख लुइस कोलेसहित दूतावासको टोलीले घाइतेको अवस्था बारे जानकारी लिएको हो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger