Latest Updates :

विश्वमै पहिलो पटक प्रहरीको ड्युटीमा रोबोट, दुबईले रच्यो इतिहास

SHARE THIS POST :
दुबईले विश्वमै पहिलो पटक रोबोटलाई प्रहरीको ड्युटीमा परिचालन गरेको छ ।
प्रहरीको ड्युटीमा परिचालन गरिएको रोबोटलाई हाल शपिङ मल र पर्यटन स्थलको सुरक्षामा खटाइएको छ । मानिसले रोबोट समक्ष अपराधका सूचनाहरु पनि टिपाउन सक्ने जनाइएको छ ।

रोबोटले जरिवाना असुल्ने, यसको छातीमा लगाइएको टच स्क्रिनका मद्दतले सूचना हासिल गर्न सकिने अधिकारीहरुको भनाइ छ ।

दुबई प्रशासनले सन् २०३० सम्ममा प्रहरी बलको २५ प्रतिशत हिस्सामा रोबोट परिचालन गर्ने लक्ष्य लिएको छ । तर प्रहरी सेवाबाट मानिसलाई नै विस्थापन गर्ने उद्देश्य भने नरहेको अधिकारीहरुले जनाएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger