यो संसारमा मानिसहरुलाई लाग्ने रोगहरुमध्येमा अनौठा, डरलाग्दा तथा दुर्लभ रोगहरुको पनि कमी छैन । कहिलेकाहीँ त यस्ता रोग तथा स्वास्थ्य समस्या देखा पर्छन् जसको उपचार वा समाधान चिकित्सा विज्ञानसँग पनि हुँदैन । यस्ता रोगका पीडितहरुले रोग बोकेरै बाँचिरहनुपर्दछ । यस्तै असाध्य रोगबाट पीडित छिन् थाइल्याण्डकी एक किशोरी, जसको शरीरको हरेक अंगहरुबाट जुनसुकै बेला पनि रगत निस्किन सक्दछ । थाइल्याण्डको नोंगखघईमा बस्ने फाकेमद संगचई नामकी १४ वर्षीया किशोरी यस्तो दर्दनाक समस्याबाट गुज्रीरहेकी छन् । उनको यो समस्याको समाधान कुनै डाक्टरसँग पनि छैन । यी किशोरीको नाक, कान, आँखालगायतका जुनसुकै अंगबाट अकस्मात रगत निस्किन्छ, बेला-बेलामा ।
६ महिना अघिदेखि उनलाई यस्तो समस्या देखिन थालेको हो । उनको टाउको पनि निकै दुख्ने गर्दछ ।
जिउबाट अनायास रगत बग्ने समस्याबाट पीडित आफ्नी छोरीको उपचारका लागि उनका बुवाआमा धेरै डाक्टरकोमा धाएका छन् । तर उपचार हुन सकेको छैन । डाक्टरहरुका अनुसार यस्तो घटना १ करोडमा एक जनालाई मात्र हुन्छ ।
यी किशोरीले आफ्नो यो दर्दनाक समस्यालाई सोसल मिडियामार्फत शेयर गरेकी छन् । कसैले त उनको समस्याको उपचार बताइदियोस् । यस्तो समस्याका कारण आफ्नो जिन्दगी नै बिगि्रएको उनको दुखेसो छ ।

Post a Comment