खगेन्द्रको स्वासप्रश्सावमा समस्या, हेमो ग्लोविन कमी, सेतो रगत आवश्यक भन्दा बढी देखिएको लगायतको स्वास्थ्यमा समस्या रहेको उपचारमा संलग्न चिकित्सक गोविन्दराज पाण्डेले बताए। सेमि –क्याविनमा राखेर हाल खग्रेन्द्र अस्पतालमा उपचार भई रहेको छ।
उनलाई सुरुमा क्याविनमा राखेर एक सय एम.एल.रगत दिए पछि सुक्रबार ईण्डोस्कोपि हुने भएको डा. पाण्डेले बताए । आईरनको कमि तथा हावापानीको कारणले गर्दा खगेन्द्रको स्वास्थ्यमा समस्या आएको हुन सक्ने चिकित्सकहरु बताउछन् । खगेन्द्र नेपालकै गौरव भएकोले उनको उपचारमा अस्पतालले सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष रानामगरले बताए। खगेन्द्र परिवारकोे आर्थिक अबस्था कमजोर भएकाले प्रतिष्ठानले विभिन्न अस्पताल तथा संंघ संस्था एवं व्यक्तिको सहयोगले स्वास्थ्य उपचार गर्दै आएका छन्। बाग्लुङ धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र हाल पोखराको सृजनाचोकमा बस्दै आएका छन । उनले विश्व कृतिमान कायम गरेको ८ महिनामै रेकर्ड भंग भएको थियो । उनलाई अझै पनि विश्वका विभिन्न देशले निमन्त्रणा गर्ने गरेका छन।

Post a Comment