Latest Updates :

१८ दिनकी अक्षिताले निर्वाह गरेकी थिइन, बाहुबलीको बच्चाको भूमिका

SHARE THIS POST :
मुम्बई। चर्चित फिल्म बाहुबली–२ ले प्रदशर्नन भएको नौ दिनभित्र एक हजार करोड आम्दानी गरेको छ। बाहुबली–२ भारतको पहिलो यस्तो फिल्म हो, जसले प्रदर्शनमा आएको छोटो समयभित्र यति धेरै आम्दान गरेको होस्।

यसैबीच बाहुबलीः द बिगनिङ (२०१५) मा बाहुबलीको बच्चाको भूमिका १८ दिनकी एक बच्चीले निर्वाह गरेकी थिइन्। जसको नाम अक्षिता हो। अक्षिता निलिश्वरम केरलकी बासिन्दा हुन्। उनका आमा बुवाको नाम स्मिता र वाल्सन हो। अक्षिताका बुवा बाहुबली फिल्मको पहिलो भागका निर्मातामध्येका एक थिए। सोह कारण आफ्नी १८ दिनकी छोरी अक्षितालाई बाहुबलीको बच्चाको भूमिका निर्वाह गर्ने मौका दिएका थिए।

निर्देशक एसएस राजामौलीको फिल्म बाहुबलीः द बिगिनिङ र बाहुबली ः द कन्क्लुजन दुवैको निर्माणका क्रममा कयौं नयाँ कुरा जानकारी पाउन सकिन्छ। बाहुबलीः द बिगिनिङ (२०१५)  फिल्म सुरु हुने वित्तिकै रानी शिवगामिनी (राम्या कृष्णन) एक बच्चालाई काखमा लिएर दुश्मनबाट बच्न सफल हुन्छिन्।

दुश्मनलाई प्रहार गर्दै अगाडि बढ्ने क्रममा  आफू भने पानीमा खस्न पुग्छिन्। उनको काखमा एक बच्चा हुन्छ, जुन ठूलो भएर बाहुबली (प्रभास) बन्छ। रानी पानीमा डुबेपनि बच्चालाई भने हातमा लिएर बचाउन सफल हुन्छिन्। त्यही बच्चा अक्षिता हुन्। जो फिल्मको सुटिङको समयमा मात्र १८ दिनकी थिइन्। अक्षिता अहिले डेढ वर्षकी भइसकेकी छन्।
\
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger