Latest Updates :

हेलमेट तथा सिरानी जस्ता चिज जसले अनुहारको छालालाई विगार्छ

SHARE THIS POST :
एजेन्सी । हाम्रो दैनिक जिवनमा प्रयोगमा आउने यस्ता धेरै चिज छन् जसले जानी नजानी हाम्रो अनुहारलाई विगारिरहेको हामीलाई थाहा नै हुदैँन । दैनिक जीवनमा प्रयोग भइरहने केही चीज छन्, जसले छालामा नराम्रो असर पुर्याउँन सक्छ । यस्ता चीजलाई लिएर केही सतर्क रहनुपर्छ ।
.सिरानी – अनुहार तथा कपालमा रहेको तेल तथा ब्याक्टेरिया सिरानीमा लाग्ने गर्छ । यस्तो अवस्थामा लामो समयसम्म सिरानीलाई सफा नगरेमा अनुहारको छालमा संक्रमण हुनसक्छ ।

२. मोबाइल – मोबाइलमा कुरा गरिरहेका बेला यसमा रहेको ब्याक्टेरिया अुनहारको सम्पकृमा आउन सक्छ । यसले अनुहारमा डन्डिफोर तथा छालामा संक्रमणको खतरा बढ्नसक्छ ।

३.आफ्टर–शेभ – आफ्टर–शेभमा अल्कोहल मिसिएको हुन्छ । यसको प्रयोग गर्नाले छाला सुख्खा हुन थाल्छ । यस्तो अवस्थामा अनुहारको छाला चिलाउने र रातो हुन सक्छ ।

४. सनग्लास – घाममा लगाइने चस्मालाई टाउँको वा गर्दनको पछि राख्नाले यसमा ब्याक्टेरिया जम्मा हुने गर्छ र त्यस चस्मालाई लगाउँनाले ब्याक्टेरिया अनुहारको सम्पर्कमा आउँछ । यसले पोतो वा डन्डिफोरको समस्या हुनसक्छ ।

५. हेलमेट – एक–अर्काको हेलमेट लगाउँने वा आफ्नै हेलमेट पनि सफा नगर्ने गरेमा ब्याक्टिेरिया बन्न थाल्छ । यसले अनुहारमा डन्डिफोर वा संक्रमणको खतरा बढेर जानसक्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger