Latest Updates :

आठौं तलाबाट खसेर युएईमा एक नेपालीको ज्यान गयो

SHARE THIS POST :
युएई, जेष्ठ  – युएईमा एक नेपालीको ज्यान गएको छ । मोरङको इटहरा ९ का सविन खड्काको काम गर्ने क्रममा सिँढीबाट लडेर ज्यान गएको हो । आठौं तलाबाट खसेका सविनको घट्ना स्थलमै ज्यान गएको आबुधाबी हेल्थ अथोरिटीले गरेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

उनको शव बुधवार नेपाल ल्याइएको छ । कम्पनीले मृत्युको कारण सहित कानुनी प्रकृया गरेपछि शव नेपाल ल्याइएको हो ।  बीमा बापतको रकम आउन समय लाग्ने भएकाले शव नेपाल पठाइएको र बाँकी कानुनी प्रकृया परिवारको सिफारिसमा दूतावासले गर्ने दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले बताउनु भयो ।

२६ वर्षिया सविन बिन मजिद होटल एन्ड रिसोर्ट अन्तर्गत आबुधाबीको मुसरिफ मल नजिकै रहेको नेहाल होटलमा कार्यरत थिए । उनी गएको बैशाख १४ गतेबाट हाउसकिपिङको काममा आएका थिए ।

source :-ujyaaloonline
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger