एजेन्सी, केहि यस्ता घटनाहरु पनि घट्छन् जसले मानव जीवनलाई नै आश्चर्यचकित बनाईदिन्छ । यस्तै एक घटना भएको छ, जुन सुन्दैमा आश्चर्यमा परिन्छ । यस्तो घटना इटालीको नेपोलीमा भएको हो । त्यहाँ रहेकी १ सय १ वर्षकी एक बूढी महिलाले एक स्वस्थ बच्चालाई जन्म दिएकी छिन् । यो सुन्दा सबैलाई आश्चर्यमा पार्छ तर यो वास्तविक हो ।ती महिलाले ९ पाउण्डको एक स्वस्थ बच्चा जन्माएकी छिन् । खासमा यो बच्चाको जन्म अण्डाशय प्रत्यारोपणबाट गरिएको हो । मेडिकल साइन्समा यस्तो गर्नु विवादास्पद थियो । किनकी ति महिला १ सय १ वर्षकी बृद्धा थिइन् । उनको त्यो उमेरमा शरीरको कुनै पनि प्रजनन अंग प्रजननको लागि उपयुक्त थिएनन् ।
प्रजननको यो सारा प्रक्रिया एक टर्कीको निजी अस्पतालमा गरिएको थियो किनकी युरोपमा यो उमेरमा अण्डाशय प्रत्यारोपण असंवैधानिक छ ।
ति महिलाले बच्चालाई जन्म दिएपछि डाक्टरलाई धन्यवाद दिएकी छिन्
Post a Comment