Latest Updates :

दार्जिलिङ्गको गोर्खाल्याण्ड आन्दोलन प्रति पुर्व राष्ट्रपतिकी छोरीले यस्तो भनिन्– ‘नेपाली टोपी लगाउँदैमा नेपाली हुँदैन’

SHARE THIS POST :
काठमाडौँ ३ असार । गोर्खाल्याण्डको माग गर्दै भारतको पश्चिम बंगालमा चर्किदै गएको आन्दोलनप्रति पूर्व राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवले कटाक्ष प्रहार गरेकी छिन् ।



उनले दार्जिलिङमा नेपाली भाषा बोल्नेहरु र नेपाली टोपी लगाउनेहरु नेपाली नभएको भन्दै कडा शब्दमा टिप्पणी गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा दार्जिलिङमा नेपाली भाषीले आन्दोलन गर्दा समर्थन गर्ने तर मधेसीले नेपालमा अधिकार माग्दा रडाको मच्चिने गरेको लेखेकी छिन् ।

उनले प्रश्न गरेकी छिन् ‘भारतमा नेपालीभाषीले अधिकार, सम्मान र स्वाधिनताको बिषयलाई मूल मुद्धा बनाएर राष्ट्रमा आफ्नो पहिचानको लागी लड्दा नेपालीहरुको फेसबुकमा बडो जोडका तोडसँग समर्थन गरेको देखिन्छ तर मधेसीहरुले अधिकार, सम्मान र स्वाधिनताको बिषयलाई मुद्धा बनाउदा किन यत्रो रडाको हुन्छ यहाँ ?’

यादवले लेखेकी छिन् ‘दार्जिलिङ्गमा नेपाली बोल्ने व्यक्ति नेपाली नै होइनन् । उनीहरु आफू भारतीय भएकोमा गर्व गर्छन् ।’ उनले स्टाटसमा लेखेकी छिन् “हाम्रो तराईबासी मधेशी दाजुभाई नेपाली बोल्न नजाने पनि, पहाडीमूलका मान्छेहरुको जस्तो नदेखिए पनि, उनीहरुले दौरा सुरवाल टोपी नलगाए पनि नेपालीनै हुन् र सधैं नेपालको भलाई गर्छन भनेर किन सोच्न सक्दैनौ हामी ? जबसम्म हाम्रो सोच बदलिँदैन तबसम्म हाम्रो देशमा बिकास हुँदैन ।”

छिमेकी राष्ट्रहरुबीचको कुटनीतिक सम्बन्ध सन्तुलित नभएको गुनासो उनले फेसबुकमा गरेकी छिन् । उनले देशलाई कहिले दक्षिणतिर कहिले उत्तरतिर फर्काउनेको जमात बढेको समेत उल्लेख गरेकी छिन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger