अभिनेता धीरेन शाक्य कुनै बेला
राजेश हमालसँग प्रतिष्पर्धी मानिन्थे । हमालको छवि जस्तो थियो, शाक्यको
आफ्नै विशिष्टता थियो । यतिसम्म की, धीरेनलाई राजेश हमालको विकल्पको रुपमा
पनि हेरिन थालिएको थियो । केही फिल्ममा त हमाल र शाक्य दुवैले सँगै पनि काम
गरे ।
यो पनि पढ्नुहोस् – पीके’को सफलतापछि नाङ्गिने पात्र खोज्दै नेपाली निर्माता !
तर शाक्यका केही निकटस्थहरु के भन्छन् भने, राजेश हमाललाई ‘महानायक’ भनिएकोप्रति उनी असन्तुष्ट छन् । हमालसँगको पुरानो द्धन्द्ध हालै एक सार्वजनिक कार्यक्रममै पोखे उनले । आइतवार राजधानीमा आयोजित फिल्मसम्बन्धी एक कार्यक्रममा शाक्यले केही संचारकर्मीहरुसँग बोल्दै हमालसँगको द्धन्द्धको पाटो कोट्याएका थिए । ‘महानायक’को सन्दर्भमा पत्रकारहरुको जिज्ञासामा शाक्यले भने, ‘जसको फिल्म धेरै सुपरहिट छ, जसले नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी योगदान दिएको छ उसलाई महानायक भन्नुपर्छ’ ।
यो पनि पढ्नुहोस् – करिश्माको भिडियो भाइरल (भिडियो सहित)
Post a Comment