Latest Updates :

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सात ठाउँमा पहिरो खस्यो !! शेयर गरी सबैलाई जानकारी दिनुहोला !!

SHARE THIS POST :
चितवन, १३ असार । चितवनको अति व्यस्त हुने मुग्लिन नारायणगढ सडकमा पहिरोका कारण यात्रुले दैनिक सास्ती भोग्दै आएका छन् ।
आज बिहानै ५ बजे खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध भएको छ ।
उक्त सडकको ९ किलो, ४ किलो भन्ने स्थान र सेतीदोभानमा पहिरो खसेर बिहानैदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार अहिले डोजर र लोडरसहित प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटाइएको छ ।
चितवनमा अहिले पनि वर्षा जारी भएकाले पहिरो पन्छाउन समस्या परिरहेको र थप पहिरो आउने सम्भावना रहेको प्रहरीले जनाएको छ ।
सडक बन्द भएपछि चितवनबाट काठमाडौँ, पोखरालगायत क्षेत्र आवतजावत गर्ने सवारीबीचमै रोकिएका छन् । यहाँ दैनिक सात हजार बढी सवारी गुड्छन् ।
उक्त सडक विस्तारको क्रममा विभिन्न क्षेत्रमा खनेकाले सानो पानी पर्दा समेत पहिरो खस्दै आएको छ ।
आइतबार बिहान पहिरोका कारण ६ घन्टा गाडी रोकिएर यात्रुलाई सास्ती परेको थियो । रासस
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger