भेडाले जन्मायो मान्छेजस्तो पाठो, गाउँले आतंकित हेर्नुहोस्।
कहिले मानिसले त कहिले जनावरले । विभिन्न असामान्य खालका बच्चाहरु जन्माएका खबर आइरहन्छन् । दक्षिण अपि|mकामा अहिले यस्तै खालको खबर बाहिर आएको छ ।दक्षिण अफ्रिकाको पूर्वी क्षेत्र लेडी फेरेरेमा एउटा भेंडाले अनौठो पाठो जन्माएको छ । उक्त पाठोको आधा शरीर मानिसको जस्तो छ भने आधा जनावरको ।यसरी भेंडाले आधा मान्छे र आधा जनावरजस्तो पाठो जन्माएपछि गाउँलेहरु त्यसलाई राक्षसको दूत भन्दै तर्सिएका छन् । मान्छे र भेंडाबीचको संसर्गका कारण यस्तो बच्चा जन्मिएको कतिपयको ठम्याई छ ।गाउँलेहरुमा सन्त्रास तथा अफवाह यति तीव्र रुपमा फैलियो कि त्यहाँको सरकारले नै विज्ञहरुको टोली गाउँमा खटाएर त्यसको जाँच तथा गाउँलेहरुमा वैज्ञानिक कारणको बारेमा चेतना जगाउनु पर्यो ।आखिर भेंडाले त्यस्तो आधा मान्छेजस्तो पाठो किन जन्मायो त ? विशेषज्ञहरुका अनुसार उक्त भेंडामा भएको संक्रमणका कारण त्यस्तो भएको हुनसक्छ ।विशेषज्ञहरुका अनुसार गर्भवती अवस्थामा भेंडालाई लामखुट्टे बाट सर्ने रिफ्ट भ्याली ज्वरो नामक रोगले संक्रमित गरेको र सोही कारण भेडाको गर्भमा रहेको बच्चामा गम्भीर असर पुग्दा त्यस्तो विकृत बच्चा जन्मिएको हुनसक्छ ।विशेषज्ञहरुका अनुसार देख्दामा अलिअलि मान्छेजस्तो देखिने भएपनि त्यसमा मानिसमा हुने कुनैपनि अंग छैनन् ।वैज्ञानिकका अनुसार मानिसमा २३ जोडी तथा भेडामा २६ जोडी क्रोमोजोम हुने भएकाले मानिस र भेडाबीचको संसर्गबाट गर्भ रहने कुनै सम्भावना नै हुँदैन ।
Post a Comment