Latest Updates :

आफू मरेर पनि बचाइन् यी आमाले आफ्नो छोरालाई

SHARE THIS POST :
जयपुर। आमा आमा नै हुन्छिन्। आमाको आँचल कतिसम्म सुरक्षित हुन्छ भन्न सोमबार भारतको जयपुरमा भएको एक दुर्घटनामा देखियो। दुर्घटनामा आमाको मृत्यु भयो तर आफ्नो छोरालाई भने उनले बचाइन्। घटना बुंदीको लाखेरीमा भएको हो जहाँ सडकमा बनेको खाल्डोले ती आमाको ज्यान लियो। खाल्डोमा मोटरसाइकल खस्दा सडकमा खसेर ती महिनाको मृत्यु भयो। उनको काखका उनको २ वर्षको छोरा थियो।

आफ्नो जेठाजुसँग मोटरसाइकलमा जाँदै गर्दा मोटरसाइकल खाल्डोमा खसेर झट्का लाग्दा ती महिला सडकमा खसिन्। खस्दा उनको टाउकोमा गहिरो चोट लाग्यो। तर उनको काखमा रहेको उनको छोरा भने सकुशल रहे। घटनामा बेहोस भएकी आमा जानकीलाई अस्पताल लगिएकोमा अस्पतालले मृत घोषित गरेको थियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger