Latest Updates :

म्यादी प्रहरी छनोट तालिममा दुई जनाको मृत्यु : एक बेहोस

SHARE THIS POST :
काठमाडौं : वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको छनोट प्रक्रियाको तालिममा सहभागी दुई जनाको मृत्यु भएको छ भने एक जनाको बेहोस छन्। प्रहरीका अनुसार मोरङ र बाँकेमा एकएक जनाको मृत्यु भएको हो भने खोटाङमा एकजना बेहोस छन्। म्यादी प्रहरीको छनोटका लागि दौडिने क्रममा लडेका मोरङ विराटनगर १६ का २७ वर्षीय तुलसी राजवंशीको मृत्यु भएको छ। एसपी सन्दीप भण्डारीका अनुसार दौडिने क्रममा लडेका राजवंशीको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पुर्याउने बित्तिकै मृत्यु भएको हो। यता दाङमा म्यादी प्रहरीका लागि छनोट प्रक्रियाको तालिम सकेका वैजापुर १ का २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको छ। क्षेत्रीय तालिम केन्द्रमा छनोट प्रक्रिया सकेर बसेको अवस्थामा एक्कासी चक्कर आएर बेहोस् भएका थारुको भेरी अञ्चल अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। बेहोस् भएका थारुलाई उपचारका लागि अस्पताल पुर्याएपछि अस्पतालले मृत घोषणा गरेको दाङका प्रहरी निरीक्षक वीरबहादुर थापाले अन्नपूर्णलाई जानकारी दिए। त्यसैगरी खोटाङको सत्तेश्वर ६ का २४ बर्षीया किशोर निरौला भने म्यादी प्रहरी छनोट तालिमका लागि भएको दौडका क्रममा बेहोस् भएका छन्। दौडिने क्रममा बेहोस भएपछि उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको प्रहरी नायव निरीक्षक मनोज यादवले अन्नपूर्णलाई जानकारी दिए। जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा लडेर बेहोस् भएका निरौलाको शनिबार साँझसम्म होस् खुल्न सकेको छैन।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger