Latest Updates :

पृथ्वीमा शक्तिशाली सौर्य बतास आउँदै,चुम्बकिय आँधीको सम्भावना

SHARE THIS POST :
एजेन्सी – सूर्यबाट पृथ्वीमा शक्तिशाली सौर्य बतास आउने वैज्ञानिकहरुले बताएका छन् । सूर्यमा रहेको एक ठूलो ‘कोरोनल होल’ ठिक पृथ्वीको दिशामा पर्ने र त्यसबाट उत्पन्न सौर्य बतास अप्रिल २३ र २४ मा पृथ्वीमा आइपुग्ने वैज्ञानिकहरुले दाबी गरेका हुन् । सौर्य बतासको कारण चुम्बकिय आँधी आउनसक्ने ७५ प्रतिशत सम्भावना रहेको नासाले बताएको छ।
यो आँधीको कारण पृथ्वीमा ‘नर्दन लाइट्स’ देख्न सकिनेछ। अप्रिल २३ र २४ मा उच्च हुने बताइएको यस्तो आँधीले ‘ब्याल्कआउट’ को सम्भावना समेत रहेको बताइएको छ । सौर्य बतासको कारण पृथ्वीमा उत्पन्न हुने भू-चुम्बकिय आँधीले विद्युतिय पावर ग्रीड र स्टाटेलाइटमा क्षती पुर्याउन जनाईएको छ ।

नासाको सोलार डाइनामिक्स अब्जरभेटरीले अप्रिल २१ मा सूर्यको सतहमा एक ठूलो कोरोनल होलको तस्विर सार्वजनिक गरेको थियो। कोरोनल होल सूर्यको सतहको एक यस्तो क्षेत्र हो जसमा सूर्यको चुम्बकिय क्षेत्र खुलेको हुन्छ र त्यहाँबाट सौर्य बतास बाहिर निस्कन्छ।

सूर्यको चुम्बकिय क्षेत्र हरेक ११ वर्षमाको समय अवधिमा परिवर्तन भइरहन्छ। सूर्यको दक्षिणी ध्रुव विस्तारै उत्तरी ध्रुव र उत्तरी ध्रुव दक्षिणी ध्रुव ११ वर्षको अवधिमा परिवर्तन हुनेगर्छ। यसरी चुम्बकिय क्षेत्र परिवर्तन हुने क्रममा सू्र्यको सतहमा निकै फेरबदल आइरहेको हुन्छ जसले यस्ता ठूला कोरोनल होलहरु निर्माण हुन जान्छ।

‘नर्दन लाइट’ अरु समयमा पनि देखिने गर्छ। तर यसपटक सौर्य बतास शक्तिशाली भएका कारण दक्षिणी नर्वे, स्वीडेन, इस्टोनिया, लटाभिया, रसिया लगायत बेलायत अनि अमेरिकाका केही क्षेत्रमा देखिने नासाले बताएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger