Latest Updates :

ओछ्यानबाटै हराएका बालक १८ घण्टापछि खोलामा भेटिए

SHARE THIS POST :
धादिङ– मध्यरातमा ओछ्यानबाटै हराएका डेढ वर्षीय बालक करिब १८ घण्टापछि खोलामा भेटिएका छन्।

धादिङको वेनिघाटरोराङ गाउँपालिका ३ बागुराङका डेढ वर्षीय बालक आमासँगै सुतिरहेको बेला सोमबार राती २ बजे बेपत्ता भएका थिए। बेपत्ता भएको करिब १८ घण्टापछि घरभन्दा आधा घण्टाको बाटोमा पर्ने जंगलको बीचमा बोक्सिलिङ खोलामा जिवितै फेला परेका हुन्।

आधा शरीर पानीमा डुबेको र टाउको टुङ्गामा अड्याएर सुतिरहेको अवस्थामा भेटिएको बालकका बाबु सोमबहादुर चेपाङले बताए। रातको समयमा हराएका बालक पछिल्लो दिन साँझ मात्रै जंगलको बीचमा खोलामा भेटिनुले घटना सुनियोचित भएको स्थानीयको शंका छ ।

आधा शरीर पानीमा डुबेकोले पानीमा डुबेको दुबै खुट्टा निलो भएको छ। बालकको ताल्ती स्थित स्वास्थ्यचौकीमा उपचार गरिएको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक बरुणबहादुर सिंहले बताए। स्थानीयहरुले भने घटनाको विषयमा प्रहरीले चासो नदिएको आरोप लगाएका छन्।

डेढ वर्ष र ३ वर्षका २ छोरा र उनका आमाबुबा एउटै टहरामा सुतेका थिए। सबैजना निन्द्रामा भएको बेला डेढ वर्षको छोरा मात्रै हराएको बालकका बुबा सोमबहादुरले बताए। उनले भने,  ‘राति २ बजे बिउँझिँदा मसँगै सुतेको जेठो छोरा चाही सँगै छ, सानो छोरा ओछ्यानमा थिएन।’

चेपाङ बालक मध्यरातमा हराएपछि रातिदेखि नै गाउँलेहरुले खोजी गरेका थिए।  बच्चा भेटिए पनि ओल्लोगाउँ पल्लोगाउँमा अहिले त्रास छाएको छ। गरिब र न्यून आय भएका दुर्गमको चेपाङ समुदायबाट मध्यरातमा बच्चा हराएपछि वरपरका गाउँलेहरु त्रसित बनेका छन्। बागुराङ गाउँ पुग्न पृथ्वी राजमार्गअन्तर्गत मलेखुबाट डेढ घण्टाको सवारी यात्रा र साडे ३ घण्टाको पैदल हिड्नुपर्छ।

कसरी हराए बालक ?

आइतबार साँझ खाना खाएर परिवारको चारै जना एउटै टहरामा सुतेका थिए। हराएका डेढ वर्षका बालक बुद्धिलाल (कान्छोछोरा) आमा मनमायासँगै र जेठो छोरा ३ वर्षका बुबा सोमबहादुरसँग सुतेका थिए ।

भूकम्पले घर भत्किएपछि चेपाङ परिवार खर र त्रिपालको छानो हालेर घोछेबार लगाएको टहरामा बस्दै आएका छन्। गरिब परिवारको टहरामा गतिलो ढोका छैन। सोमबहादुरले टहराको ढोका छेउमा आफू सुतेर श्रीमति र छोरामा कुनापट्टि सुताएका थिए ।

भूकम्पले घर भत्किएपछि अस्थाई टहरामा आमासँगै सुतेका बालक राति करिब २ बजे ओछ्यानमा थिएनन्।

हराएर भेटिएका बालक चेपाङ दम्पत्तिका कान्छो छोरा हुन्। जेठो छोरा ३ वर्षको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger