Latest Updates :

भारतीय मिडियाले भने ‘नेपाललाई भारतले दियो चेतावनी’ पढ्नुहोस, भारतीय मिडियामा यसरि भयो रुवाबासी

SHARE THIS POST :

काठमाडौं, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र मंगलबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय राजनीतिक भेटवार्ताबारे नेपालका सबैजसो दैनिक पत्रिकाले मुख्य पृष्ठ मै समाचार प्रकाशित गरे पनि भारतीय पत्रिकाले उक्त समाचारलाई प्राथमिकता दिएका छैनन् । केही भारतीय अखबारले राष्ट्रपति भण्डारीको भारत भ्रमण र उच्चस्तरीय भेटवार्तामा भारतले नेपाललाई चेतावनी दिएको खुलासा गरेका छन् । नवोदय टाइम्सले दोस्रो पृष्ठमा ‘भारतले दियो नेपाललाई सचेत रहने चेतावनी’ भावको शीर्षक राखेर समाचार प्रकाशित गरेको छ । ‘चीनतर्फ प्रष्ट इशारा गर्दै भारतले नेपाललाई ती देशमाथि आश्रित नहुन चेतावनी दिएको छ, जो आफ्ना शर्तका आधारमा सहायता गर्न र क्षमता निर्माणलाई बढावा नदिन चाहन्छन्,’ समाचारमा भनिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगै एक सम्मेलनमा सहभागी भारतीय विदेश राज्यमन्त्री वी के सिंहले भारतले सहयोग गर्ने मोडल अलग्गै भएको चर्चा गरेको पनि उक्त अखबारले जनाएको छ । राज्यमन्त्री सिंहलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘म तपाईहरुलाई भन्न चाहन्छु, विश्वमा यस्ता देश छन् जो अलग मोडल पालन गर्दछन् जहाँ उनीहरु यस्ता परियोजनालाई सूचित गर्छन् जो तपाईहरुलाई होइन उनीहरुलाई फाइदा हुन्छ । उनीहरु तपाईलाई यस्तो सहायता गर्न चाहन्छन् जो परिवर्तित हुने शर्तमा लेखिएका हुन्छन् र उनीहरु ती परियोजनालाई आफैं संचालन गर्न चाहन्छन् ता कि तपाई ती परियोजना संचालनमा सक्षम नहुनुहोस् ।’
त्यस्तै दैनिक जागरणले चीनसँग आफ्नो द्विपक्षीय सम्बन्धमा निकै उत्साह देखाएको नेपाललाई भारतले संकेतका रुपमा चेतावनी दिएको उजागर गरेको छ ।
उक्त अखबारले पनि भारतीय विदेश राज्यमन्त्री वीके सिंहकै भनाईलाई आधार बनाएर समाचार प्रकाशित गरेको हो ।

राष्ट्रपति भण्डारीको भ्रमण र उच्चस्तरीय राजनीतिक भेटवार्तालाई भारतीय अखबारले कति महत्व दिएका छन् भन्ने तथ्य बुझ्न दैनिक जागरको समाचारलाई आधार मान्ने हो भने प्रष्ट हुन्छ । सो अखबारले राष्ट्रपति भण्डारीको उच्चस्चरीय भेटवार्ता बुधबार हुने उल्लेख गरेको छ । जबकि, मंगलबार नै भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता गरिसकेका छन् ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger