Latest Updates :

कोरियाली तनावबीच चीनले समुद्रमा उतार्‍यो विमानबाहक युद्धपोत

SHARE THIS POST :
चीनले आफ्नो बढ्दो सैन्य शक्ति प्रदर्शन गर्दै आफ्नो दोस्रो विमानबाहक युद्धपोत समुद्रमा उतारेको छ । चीनको यो नयाँ सैन्य जहाज सन् २०२० देखि प्रभावकारी रुपमा सञ्चालन हुनेछ । उत्तर कोरिया र अमेरिकाबीच तनाव बढिरहेका बेला चीनले पनि युद्धपोत उतार्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

लियाउनिनपछि यो चीनको दोस्रो युद्धपोत हो र चीनमा बनेको पहिलो युद्धपोत समेत हो । चिनियाँ सञ्चारमाध्यमले उत्तर–पूर्वी डालयनको तटमा यो पोत उतारेको जनाएका छन् । दक्षिण चीन सागरमा उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनाबबीच चीनले यो कदम उठाएको हो । लियाउनिन चीनको एक मात्र सक्रिय युद्धपोत हो ।

अमेरिकाले चीनसँग आफ्नो सहयोगी उत्तर कोरियामाथि दबाब दिन आग्रह गरिरहेको छ । राष्ट्रपति ट्रम्प प्रशासनले कोरियाली प्रायद्वीपमा बढ्दो तनावका विषयमा सिनेटलाई समेत जानकारी दिइसकेको छ । यसैबीच अमेरिकाले उत्तर कोरियामाथि परमाणु कार्यक्रम बन्द गर्न दबाब दिनका लागि कडा प्रतिबन्धको तयारी गरेको छ । अमेरिकाले परमाणु र मिसाइल कार्यक्रम रोक्नका लागि कडा प्रतिबन्धको तयारीमा रहेको जनाएको छ ।

यस्तै, अमेरिकाले उत्तर कोरियालाई रोक्नका लागि कूटनीतिक पहल समेत गर्ने जनाएको छ । कोरियाली मुद्दाबारे सिनेटरलाई जानकारी दिएपछि राष्ट्रपति ट्रम्पको यस्तो नीतिको घोषणा भएको हो । यसअघि प्रशान्त क्षेत्रमा अमेरिकाका शीर्ष सैन्य कमाण्डरले दक्षिण कोरियामा उन्नत मिसाईल प्रतिरोधी प्रणाली स्थापित गरेको थियो ।

यसको विरोध भएपछि अमेरिकाले त्यसको बचाउ समेत गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी शीर्ष सैन्य कमाण्डरले दक्षिण कोरियामा स्थापित उन्नत मिसाइल रक्षा प्रणालीले उत्तर कोरियाली नेता किम जोङ उन होसमा आउने चेतावनी दिएका थिए ।

प्रशान्त कमाण्डका प्रमुख एडमिरल ह्यारी ह्यारिसले अमेरिकी काँग्रेसलाई उत्तर कोरियाली मिसाइलको खतरा टार्नका लागि सर्वश्रेष्ठ प्रविधि तयार गर्ने बताएका थिए । अमेरिकाले विमानबाहक युद्धपोतका साथै जंगी जहाज र परमाणु पनडुब्बी कोरियाली प्रायद्वीपमा तैनाथ गरेको छ ।

यता चीनले भने अमेरिकाले स्थापना गरेको यो प्रणालीको विरोध गरेको छ । उसले अमेरिकाले दक्षिण कोरियामा स्थापित गरेको उन्नत मिसाइल प्रतिरोधी प्रणालीले यस क्षेत्रमा सुरक्षा असन्तुलन पैदा गर्ने जनाएको छ । उत्तर कोरियाका मिसाइल र परमाणु परीक्षण गर्ने आशंकाकाबीच कोरियाली क्षेत्रमा तनाब झनै बढिरहेको छ । एडमिरल ह्यारिसले अमेरिकी काँग्रेसमा उत्तर कोरियासँग सैनिक क्षमता रहेसम्म अमेरिकामाथि आक्रमणको प्रयास गर्ने बताएका छन्।

उनले सदनको सैन्य सेवा समितिमा भने, ‘हरेक नयाँ परीक्षणका साथ किम आफ्नो उद्देश्य नजिक पुगिरहेका छन् । जुन अमेरिकी शहरमा परमाणु हमला गर्नु हो ।’ उनले राष्ट्रपति ट्रम्प र रक्षामन्त्री जेम्स म्याटिसले भनेजस्तै सबै विकल्प खुला रहेको पनि बताएका छन् ।

एडमिरल ह्यारिसले अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उत्साहजनक सम्बन्ध रहेको पनि उल्लेख गरेका छन् । उनले अमेरिकाको मिसाइल प्रतिरोधी प्रणाली चीनका लागि खतरा नभएको समेत उल्लेख गरेका छन् । आजको राजधानी दैनिकले खबर छापेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger