होचो शरीरमा धेरै छोटा कपडा पहिरिँदा कद झनै होचो देखाउँछ । त्यसैले होचीले सर्ट ड्रेसमा आँखा नलोभ्याएकै राम्रो हुन्छ । होरिजेन्टल प्रिन्ट होचीले होरिजेन्टल प्रिन्ट ९तेर्सा० धर्का भएका सर्ट, टिसर्ट, टपलगायत ड्रेस नरोज्नु राम्रो हुन्छ । यस्तो ड्रेसले होचीलाई झनै होची देखाउँछ । वाइड लेग्ड पाइन्ट बजारमा विभिन्न डिजाइनका वाइड लेग्ड पाइन्ट ९गोडातिर फेरो फराकिलो भएको० फेसनमा छन् । टपसँग प्लाजो पाइन्टको कम्बिनेसन आजकाल खुबै चलेको छ । तर, होचीलाई वाइड लेग्ड पाइन्ट उपयुक्त हुँदैन । यस्तो पाइन्टमा कद झनै होची देखिन्छ । ओभर साइज ब्याग होचीलाई तुलनात्मक रूपमा सानोभन्दा ठूलै ब्यागले राम्रो देखाउँछ ।
तर, धेरै नै ठूलो ९ओभर साइज० ब्यागले भने आकर्षक लुक्स दिँदैन । एंकल स्ट्रेप हिल अग्ला महिलाको गोडामा एंकल स्ट्रेप हिल निकै सुन्दर देखिन्छ । तर, होचीलाई भने एंकल स्ट्रेप हिल सुहाउँदैन । यसले लुक्स नै बिगार्छ । त्यसैले अग्लीको सौन्दर्यमा लोभिएर यस्तो हिलले लुक्स बिगार्ने गल्ती गर्नु हुँदैन । मिड काल्फ बुट जाडो लागेसँगै मिड काल्फ बुटको फेसन सुरु हुन थाल्छ । जाडोमा अधिकांश युवतीले मिड काल्फ बुटलाई न्यानो र फेसनका रूपमा प्रयोग गर्छन् । तर, होचीले मिड काल्फ बुट नलगाउनु नै उत्तम हुन्छ । यो बुटले होचीलाई झनै होची देखाउँछ ।
Post a Comment