Latest Updates :

नागमणी के हो ? किन करोडौ पैसा को खेलवाड हुन्छ ? के फाईदा हुन्छ ? ईच्छाधारी र नागमणी को खास कुरो पढ्नुहोस ।

SHARE THIS POST :
एजेन्सी। सर्प यस्तो जीव हो जुन मानिसको लागि सदियौं देखि चासोको केन्द्र बन्दै आएको छ। सर्पको बारेमा अहिलेसम्म हजारौं खोज अनि अनुसन्धान भइसकेको छ तर पनि अझै यो जीवको सबै रहस्य खुलिसकेको छैन। पौराणिककाल देखिनै सर्पसंग जोडिएका सयौं मान्यता समाजमा फैलिएका छन्। यी मान्यतामा केही अन्धविश्वास पनि नजोडिएका हैनन, जुन सदियौं देखि डरका कारण बन्दै आएका पनि छन्। यहाँ सर्पसंग जोडिएका यस्तै अन्धविश्वासको बारेमा चर्चा हुदैछ,
मणिधारी नाग साच्चैको हुन्छ?
सर्पसंग जोडिएको यो मान्यता निकै चर्चित छ कि नाग संग चकमदार, अनि मुल्यवान मणि हुन्छ। जीव विज्ञानको अनुसार यो मान्यता केवल एक अन्धविश्वास मात्र हो। विश्वमा अहिलेसम्म जति पनि सर्पको बारेमा जानकारी प्राप्त भएको छ, ती सर्प मध्ये कुनै सर्पपनि मणिधारी छैन।
के नाग इच्छाधारी हुन्छ?
मान्यता छ कि केही नाग इच्छाधारी हुन्छ अर्थात आफ्नो इच्छा अनुसार रुप बदल्न सक्छ र कहिले काही मानवकै रुप पनि धारण गर्दछ। तर यो केवल कथाको लागिमात्र सुहाउने विषयवस्तु हुन आउँछ, यो केवल कल्पना मात्र हो। यहि विषयमा अनेकौं फिल्महरु पनि बनाइएका छन्, त्यसैले पनि यो मान्यता चर्चित छ।
सर्पले आफ्नो साथीको मृत्युको बदला लिन्छ?
समाजमा निकै चलेको मान्यता मध्ये यो पनि एक पर्छ कि कसैले सर्प मारे मर्ने सर्पको आँखामा मार्ने मानिसको तस्बिर रहिरहन्छ, जसलाई चिनेर सर्पको साथी सो मानिसलाई पछ्याइ टोकेर साथीको मृत्युको बदला लिन्छ। सर्पको दिमाग यति पनि विकसित भएको हुदैन जति हामीले यो कथा बनाउँदा प्रयोग गर्छौ। निकै कम बौद्धिकता भएको प्राणीले यस्तो गर्नसक्छ भन्नु विज्ञानको दृष्टीबाट असम्भव देखिन्छ। जीव विज्ञानको अनुसार सर्पले मर्न समयमा एक गन्ध छोड्ने गर्छ जसलाई सुघेँर अन्य सर्प सो ठाँउमा आइपुग्छन्। यसैकारण यो अन्धविश्वास रहन गएको हो की सर्पले आफ्नो साथीको मृत्युको बदला लिन्छ।
सर्पले दुध पिउँछ र?
हिन्दु धर्ममा सर्पलाई दुध खुवाउने प्रचलन छ, जुन की पुरै गलत हो। सर्प मांसहारी जीव हो। सर्पले चरा, मुसा जस्ता साना-साना प्राणीको सिकार गरि खाने गर्छ। दुध सर्पको प्राकृतिक आहार होइन। न त सर्पले दुधको फाइदा र बेफाइदा छुट्याएर दुध खाने नखाने निर्णय गर्न सक्छ। समातर कोचाए नखाने हैन तर यो बु्द्धिमानी कार्य भने भएन।
विणाको धुनमा किन नाँच्छ सर्प?
खेल-तमासा देखाउने केही मानिस धुन बजाएर सर्प नचाउने दाबी गर्छन। तर यो पुरै अन्धविश्वास हो किनकी सर्पको कान हुदैन। हावामा हुने ध्वनि तरङ्का सर्पले त्यति ध्यान दिन सक्दैन तर जमिन भित्र वा जमिनको सतहमा हुने कम्पनलाई भने एक विशेष हड्डिको सहयताले पत्ता लगाउँछ। सर्पले विशेष गरि हिडडुल गर्ने वस्तुहरुलाई राम्रो संग देख्न सक्छ। सर्प नचाउने भन्ने धुन बजाउदा सर्पले सो बाजा चलेको संगै आफ्नो शरिर भने चलाउने गर्छ। तर कुनै धुन सुनेर सर्प नाचेको भने होइन।
केही सर्प विषालु हुन्छन्। गर्मी महिनामा सर्प जमिनको सतहमा बढी देखिने गर्छन्। सावधान रहेर सर्पको टोकाइबाट बच्नु सबैभन्दा बुद्धिमानी हुनेछ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger