Latest Updates :

नेपालमा ‘सेक्सटोयज’ को ब्यापार फस्टाउँदै : महिलाहरु ‘सेक्सटोयज’ मा

SHARE THIS POST :
नेपालमा चार वर्षअघि मात्रै सुरु भएको सेक्स टोयजको ब्यापार निकै नै फस्टाएको छ । बैदेशिक रोजगारीको सिलसिलामा श्रीमान श्रीमती छुट्टिएर बस्नेको संख्या बढेसँगै सेक्स टोयजको ब्यापारमा वृद्धि भएको हो ।
चाइनाबाट निर्यात हुने सेक्सटोयजको हाल नेपालको राजधानी न्यूरोडमा ३ वटा पसल संचालनमा रहेका छन् । न्युरोडमा पाईने सेक्सट्योजको मूल्य १ हजार ५ सय देखि ५० हजारसम्म पर्छ ।
के हो सेक्सटोयजसिलिकनबाट बनेको लिङ्ग र योनी आकारका कृतिम मैथुन सामग्रीबाट आनन्द दिने साधनलाई सेक्स टोयज भनिन्छ । सुरुसुरुमा अप्ठेरो मान्ने गरे पनि सेक्स टोयज प्रयोग गर्नेहरुको संख्या विस्तारै बढ्दै गएको नाइस एन नट्टीका संचालक प्रवीण ढकाल बताउँछन् ।
.
सेक्सट्योजले पुरुषको शीघ्र स्खलन कम गराउने र पार्टनरको चाँडै स्खलन भयो भए पनि यसको प्रयोग गर्दा शीघ्र स्खलन कम हुने, यसको प्रयोगले चाडै विर्य पतन नहुने जस्ता फाइदाक कारण सेक्स टोयज प्रायोग गर्ने मानिसहरुको संख्यामा व्रिधि भएको ढकाल बताउँछन।
ढकालक अनुसार ९० प्रतिशतले अनलाइनबाट सामान अर्डर गर्ने गरेका छन् भने १० प्रतिशत मात्र ग्राहकले पसलमा आएर सामान रोजेर किन्ने गरेका छन् । प्रयोगकर्ता कस्ता छन् ? सेक्सट्योजको प्रायः श्रीमान श्रीमती सँगै नहुनेले प्रयोग गरे पनि अन्य बर्गका मानिसहरुले पनि त्यतिकै प्रयोग गर्ने गरेको ढकालले वताए ।
उनका अनुसार श्रीमान श्रीमतीबीचको सम्पर्कबाट असन्तुष्ट भएकाहरु पनि सेक्सटोयज किन्न आउने गरेका छन् । सेक्सट्योजबारे बुझेका र विदेशमा बसेर पढे लेखेका मानिसहरु जस्तै डाक्टर, राजनीतिक दलका नेता, कलाकार र खेलाडी पनि सेक्सट्योज किन्न आउँछन; उनले भने, ।
.
उनको पसलमा श्रीमान श्रीमती पनि सँगै सेक्सट्योज किन्न आउने गरेका छन् । सुरुसुरुमा साउदी अरवमा सेक्स टोयज निर्यात गर्ने गरेका ढकालले अहिले यहीँ बढी खपत हुने गरेको वताए ।सेक्सट्योज किन्न ३० बर्ष उमेर भएका देखि ७५ बर्षसम्मका पनि आउने गरेको छन् ।
त्यसमा पनि ३० देखि ५० बर्ष उमेरका मानिसहरु बढी आउने गरेको उनी बताउँछन् । टिनएजर भने सेक्सट्योज किन्न आउने गरेका छैनन् । उनको पसलमा ६५ बर्षका महिलाले पनि सेक्सट्योज किन्ने गरेका छन् ।७० देखि ७५ बर्षका बुढाहरु पनि आउने गरेका छन् उनले भने ।
.
कस्ता सेक्सटोयज बढी बिक्छन् ?उनको पसलमा दैनिक ५ वटासम्म सेक्सट्योज विक्री हुन्छ । महिला र पुरुषका लागि पसलमा करिव ५ सय प्रकारका सेक्सट्योज राखिएका छन् । उनका अनुसार महिलाहरुले बढी र्याबिट, जि स्पट र डिल्डो जस्ता लिङ्ग आकारका भाइव्रेटर भएको टोयज बढी प्रयोग गर्छन् ।
जसमा व्याट्रीको प्रयोग गरिएको हुन्छ र प्रयोग गर्दा भाइब्रेट हुन्छ । महिलाहरु बढी डिल्डो नामको लिङ्ग आकारको भाइव्रेटर भएको सेक्सट्योज बढी प्रयोग गर्छन्उनले भने, जसमा भाइब्रेटरका लागि ब्याट्रीको प्रयोग गरिएको हुन्छ ।पुरुषहरुले भने फ्लेसलाइट, मास्टवेटर, मास्टरवेटर, एनल मास्टर, भाइव्रटिङ मास्टर वेटर प्रयोग गर्ने गरेका छन् ।
.
उनका अनुसार ती मध्ये पुसिमास्टरवेटर बढी पुरुषहरुले प्रयोग गर्ने गरेका छन् । मास्टरवेटर महिलाको सिलिकनबाट बनेको हुन्छ, उनले भने, जसले पुरुषलाई बढी सन्तुष्टि दिन्छ ।पुसिले पुरुषको तापक्रमलाई अटोमेटिक लिएर ताप पनि बढाइदिने उनले वताए । सवभन्दा मंहगो सेक्सट्योज डली हो ।
५० हजार मूल्यको डली सम्पन्नशाली व्यक्तिले किन्ने गरेका छन् ।
.
बर्षमा ६० वटा सम्म विक्री हुने डली सिलिकनबाट बनेको हुन्छ । यसमा पनि अटोमेटिक तापक्रम हुने गर्दछ ।सुरुमा पसल खोल्दा ढकाललाई सेक्सट्योजको व्यापार नचल्ना भन्ने चिन्ता लागेको थियो । तर विस्तारै विज्ञापन भएपछि व्यापार फस्टायो ।
अहिले बर्षेनी २० प्रतिशत व्यापार बढेको उनी बताउँछन् । उनी सेक्सट्योजले वलत्कार, बाहिरी खर्च र मानसिक रोग कम गराउने दाबी गर्छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger