Latest Updates :

काठमाडौंको सडकले निल्यो बालिका, हिँड्दाहिँड्दै सडकमै गायब (भाइरल भिडियो)

SHARE THIS POST :
काठमाडौंको सडकले निल्यो बालिका, हिँड्दाहिँड्दै सडकमै गायब (भाइरल भिडियो)
काठमाडौंको सामाखुसीमा सडकमा हिँड्दै गरेकी बालिका एकाएक गायब भएको भिडियो अहिले सामाजिक संजालमा भइरल बनेको छ । सडकमा हिँड्दाहिँड्दै ती बालिका अचानक सडकमा भएको खाल्डोका डुब्छिन् अनि गायब हुन्छिन् ।

काठमाडौंमा अत्याधिक पानी पर्दासडकमा ठूलो मात्रामा पानी बगिरहेको थियो । पानीले सडक र खाल्डाखुल्डी चिन्नै नसकिने अवस्थामा थिए । यस्तो बेलामा एक बाहिका सडकछेउमा हिँड्दै गर्दा अचानक खाल्डोमा पर्छिन् । खाल्डोमा परेर गायब भएकी बालिका खाल्डोभन्दा बेही तल नालीबाट बग्दै निस्किन्छिन् । उनलाई एक व्यक्तिले समातेर उद्धार गर्छन् ।

शुक्रबार मात्र काठमाडौं महानगरपालिकाको बैठकमा मोनोरेल चलाउने कुरा उठेपछि अहिले यो भिडियो र महानगरपालिकाको निर्णयलाई लिएर सामाजिक संजालमा निकै व्यङ्ग्य गरिएको छ । सडकको यस्तो अवस्था सुधार नगरी मोनोरेलको सपना देख्ने भन्दै महानगरको निकै खिल्लिी उडाइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger