Latest Updates :

खोलामा बगेकी विजिताको मृत्यु दोषी को सरकार कि ठेकेदार ? मृतकको आत्माले शान्ति पाओस ! सबैले सेयर गरौँ !.......

SHARE THIS POST :
खोलामा बगेकी विजिताको मृत्यु दोषी को सरकार कि ठेकेदार ? मृतकको आत्माले शान्ति पाओस ! सबैले सेयर गरौँ !.......

काठमाडौं । शुक्रबार दिन काठमाडौं उपत्यकामा मुसल्धारे पानी पर्यो । सडकहरु जलमग्न भए । ढल र नालाहरु एकाएक खोलामा परिणत भए । कहीँ सडकमा हिँड्दै गरेका बालबालिका नालामा डुबे त, कतै सावरी साधन । नालामा डुबेर एक बालिकाले त ज्यानै गुमाउनुपर्यो ।


शुक्रबार विद्यालयबाट फर्र्किएकी ११ वर्षीया एउटी बालिकालाई नालीले बगाएर खोलामा पुर्यायो । अन्ततः उनको ज्यानै लियो ।

शुक्रबार अपह्रन्ह करिब ४ बजेको थियो । काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर–११ नेपालटारका राजन फुयालकी ११ वर्षीया छोरी विजिता विद्यालयबाट आमाबुबा भएको ठाउँमा गइन् । घरबाट करिब ७-८ मिटरको दुरीमा उनका बुवाआमाको रेष्टुरेन्ट छ ।

त्यहाँ उनले खाजा खाइन् । उनले खाजा खाने समयमा मुसलधारे पानी परिरहेको थियो । विजिताले खाजा खाएको केही समयपछि पानी पर्न छाड्यो । उनी घर जाने भन्दै हिँडिन् । विजितालाई उनकी आमाले अहिले घर नजाऊ भन्दा भन्दै हिँडी गइन् ।

आमाले सम्झाउँदै भन्नु भयो, ‘बाटोको खाल्डोमा पानी जमेको छ । ख्याल गरेर छेउबाट हिँड्दै जानू ।’ विजिता हुन्छ भन्दै हिँडिन् । विजिताकी आमाले सायदै सोचेकी थिइन्, छोरी घर पुग्दिनन् भनेर । काठमाडौंको अस्तव्यस्त सडकले छोरीलाई मृत्युको काखमा पुर्यायो ।

बाटोमा आकाशबाट पानी पर्न छाडे पनि जमिनमा भने पानीको भेल बगिरहेको थियो । हिँड्दा हिँड्दै विजिता अचानक नालीमा डुब्न पुगिन् । नालीमा डुब्ने बित्तिकै देख्नेहरुले उद्धार गर्न खोजे पनि भेलले बगाएर नजिकैको महादेव खोलामा पुर्यायो । आफन्तले उद्धार गर्ने कोशिश गरे पनि सफल हुन नसकेपछि प्रहरीलाई खबर गरे । तर, ढलले बगाएर सेरामी खोला, विष्णुमती हुँदै चौमती नदीमा पुर्यायो । चौमती नदीबाट प्रहरीले उनलाई जीवितै उद्धार त गर्यो, तर उनी जीवित रहन पाइनन् ।

उद्धारपछि विजितालाई नजिकैको पिपुल्स मेडिकल कलेजमा भर्ना गरियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेजले उनलाई त्रिवि शिक्षण अस्पताल रिफर गरेको थियो । तर त्यहाँ पुर्याएलगत्तै करिब साँझ ६ बजेर ३८ मिनेटमा उनलाई चिकित्सकले मृत घोषणा गरे ।

मनमैजुस्थित युरिका हाइस्कुलमा कक्षा ३ मा अध्ययनरत विजिताको परिवार सडककै कारण अहिले शोकमा डुबेको छ । विजिताकी काकी कल्पना पराजुली भन्नुहुन्छ ‘सडक राम्रो भइदिएको भए, सम्बान्धित निकायले चासो दिएर समयमै निर्माण गरिदिएको भए हामीले हाम्री छोरी गुमाउनु पर्ने थिएन ।’

सामाखुसीमा बालक धन्न बाँचे
शुक्रबारकै घट्ना हो । सामाखुसी चोकभन्दा २ सय मिटर पर गोंगबु चोकतर्फको साडकमा जमेको पानी परेर खोलो बनेको सडकमा हिँड्दा हिँड्दै एक बालक नालीमा डुबे । स्कुल पोशाकमै नालीमा डुबेका बालकलाई बगाएर केही पर पुर्यायो ।

उनलाई नालीको ढलले बगाएपछि त्यहाँ एकछिन भागदौड मच्चियो । ढलको भेलले बगाएर केही मिटर पर पुर्याएपछि उनलाई तत्कालै गर्न सकिएकाले जीवन बच्यो ।

उनी बगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यसले राजधानी सहर काठमाडौँ उपत्यकाको अस्तव्यस्त अवस्था चित्रण गरेको छ ।

त्यस्तै शुक्रबार नै टोखा नगरपालिकास्थित ब्रिलियन चोकमा जमिन भासिएर भ्वाङ परेको ठाउँमा जमेको पानीमा स्कुटी पस्यो । तर नजिकै रहेका अन्य सर्वसाधरणको सहयोगमा चालकले स्कुटी निकाले ।

यी सबै घट्ना काठमाडौंको उपत्यकाका अस्तव्यस्त सडककै कारण हो । सडक विस्तार र नाली निर्माणका लागि खनिए खाडलहरु समयमै नपुरिनुले पानी परेका बेला सडकहरु जलमग्न हुने गरेका छन् । मेलम्चीको पाइप पुर्ने तथा सडक विस्तार गर्ने क्रममा अलपत्र छाडिएका खाल्डा र नाली अहिले सर्वसाधरणका काल बनेका छन् । पानी पर्दा खोलामा परिणत हुने यिनै सडक घाम लागेका बेला धुवाँधुलोसरी हुन्छन् ।

राजधानी उपत्यकाका अस्तव्यस्त यी सडकहरुले सहरलाई कुरुपमात्रै बनाएको छैनन् धेरैको ज्यानै लिने कारण पनि बन्दै गएका छन् । समाचार जनता समाचार का लागि कमला रसाइलीले तयार पारेकी हुन् !
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger