Latest Updates :

भक्तपुर सल्लाघारीको ‘सत्य शक्ती माता’ले यसरी सोझासाझाको करोडौ लुटी रहेको छ, मुर्ख जनताहरु उनलाई भेट्न १,२०० देखि १ लाख ५० हजार रुपैया सम्म प्रवेश शुल्क तिर्छन (भिडियो प्रमाण सहित)

SHARE THIS POST :
भक्तपुर सल्लाघारीको ‘सत्य शक्ती माता’ले यसरी सोझासाझाको करोडौ लुटी रहेको छ, मुर्ख जनताहरु उनलाई भेट्न १,२०० देखि १ लाख ५० हजार रुपैया सम्म प्रवेश शुल्क तिर्छन (भिडियो प्रमाण सहित)

हल्लाइ हल्लाको देश नेपाल भनेर त्यसै भनिएको रहेनछ | त्यस्तै हल्लाको पछी लागेर हप्तै पिच्छे सोझा जनताहरु पुग्छन भक्तपुरको सल्लाघारी स्थित ‘सत्य शक्ती माता’ कहाँ | उनीहरुको बिस्वास छ माता भगवान हुन् र मानिसको सबै इच्छा पुरा गर्छन |

बिगत धेरै बर्ष देखि सोझा साझालाई यसरी नै लुटी रहेकी छिन माताले | उनले प्रति व्यक्ति १२ सय रुपैया देखि १ लाख ५० हजार रुपैया सम्म प्रवेश शुल्क नै लिन्छिन | उनलाई दक्षिणा पनि उत्ति नै आउछ | बिडम्बना बिचरा सोझासाझा भक्तजनहरुले माताको अनुहार सम्म हेर्न पाउदैनन, केवल भित्ताको माइकबाट उनको आवाजमा ठाडो जवाफ |

नेपाल त्यसै गरिब भएको रहेन छ भन्ने कुरा यो भिडियो हेर्दै पनि प्रमाणित हुन्छ | बिज्ञानले संसार कहाँ बाट कहा पुगी सक्यो तर हामि भने यस्तै यस्तै अन्धविस्वासमा रोमालिरहेका छौ | बृद्दबृद्दाहरुको कुरा छैन यहा, यहा त सामान्य पढेलेखेका देखि पीएचडी गरेका विद्वानहरु समेत पुग्छन र मातालाई पैसा तिरेर समस्याको समाधान खोच्छन | सोध्छन; भगवान मेरो छोराको उचाई कम भयो अलि बढाई दिनु होला … आदी आदी ! अनि माताको माइकमा आवाज आउछ – हुन्छ बढ्छ |

यो सबै हेरी राख्दा, सुनी राख्दा बिज्ञानलाई विस्वास गर्ने युवाहरुको कन्सिरी तातिएला तर यो नै हो हाम्रो समाजको वास्तविकता र असली औकात | कहिले परिवर्तन होला हाम्रो समाज ?

पुरा भिडियो हेर्नुहोस :
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. khabar24 News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger